काठमाडौं । भूटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । नेपालीलाई नक्कली भूटानी शरणार्थीप्रकरणमा दोषी रहेको आशंकामा अनुसन्धानका लागि उनलाई झापाबाट पक्राउ गरिएको हो । अहिले उनलाई काठमाडौं ल्याउने तयारी गरिएको छ ।