काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुँजी बजारमा भएका ठूलाठूला सेटिङलाई भत्काउने बताएका छन् । सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले सरकारले अहिले थालेको कदम भुटानी शरणार्थीको विषय मात्रै नभएर सबै प्रकारका अनियमितताको छानविनको सुरुवात भएको उनले बताए ।
'अहिले यहाँ कतिपय सन्दर्भमा के भन्ने गरिन्छ भने यो नक्कली भुटानी शरणर्थीको इस्युलाई मात्रै सरकारले ध्यान दिएको छ कि भन्ने गरिन्छ । तर, म माननीय सदस्यको प्रश्नको उत्तर दिँदै यो सम्मानित सदनलाई के जानकारी गराउन चाहन्छु भने अहिलेको सरकारले यो विषय मात्रै होइन अन्य तमाम विगतका ठूलठूला घटना जो विवादमा रहे, ति सबैको छानविन गर्ने कुरा सम्पत्ति शुद्धीकरणसम्बन्धी ठूल्ठूला केसहरुलाई छानविन गर्ने र दोषीलाई कारबाही गर्ने कुरा, अनि राजश्यमा भएका ठूलाठूला चलखेलहरुलाई छानविन गर्ने कुरा, अनि पुँजीबजारसम्बन्धी ठूल्ठूला सेटिङ भत्काउने कुरा म जानकारी गराउन चाहन्छु', उनले भने ।