काठमाडौं । नक्कली शरणर्थी प्रकरणमा हज समितिका अध्यक्ष शमशेर मियाँ पनि पक्राउ परेका छन् । बिहीबार उनलाई प्रहरीले सिंहदरबार परिसरबाट पक्राउ गरेको हो ।
हज समितिको गाडी नक्कली शरणार्थी बनाउने क्रममा प्रयोग भएको थियो । गिरोहले पनि उनको गाडी प्रयोग गर्ने गरेका भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । ।
यो सँगै नक्कली शरणर्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १५ पुगेको छ ।