काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य आज पनि घटेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ अजार ७ सय रुपैयाँ कायम भएको छ ।
बुधबार १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ३ सय रु पैयाँले घटेर १ लाख ९ अजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाा कायम भएको महासंघले जनाएको छ ।