काठमाडौं । सिम्रौनगढ नगरपालिकाका तात्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । झुट्टा बिल भर्पाइ तथा गलत प्रतिवेदन पेस गरि भ्रष्टाचार गरेको तथा तथा राजस्व चुहावट सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
यसरी आरोपपत्र दायर हुनेहरुमा तात्कालिन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनी, प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानु, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी, इन्जिनियर अजित कुमार गुप्ता, असिष्टेन्ट सबइन्जिनियर दिनेश कुमार, उपभोक्ता समितिका अध्यक्ष दिनेश प्रसाद यादव, सचिव बैद्यनाथ प्रसाद यादव र कोषाध्यक्ष गिता कुमारी यादव रहेका छन् ।
आयोगले हरिओम प्रसाद जयसवाल, सर्मेन्द्र प्रसाद चौधरी, अजित कुमार गुप्ता र दिनेश कुमार १० लाख ८ हजार ९ सय ६५ रुपैयाँ बराबरको बीगो कायम गरेको छ । त्यस्तै, विश्वराज मरासिनी उपर ९ लाख ९५ हजार रुपैयाँ बीगो कायम गरिएको आयोगले जनाएको छ ।



