images
images

नाउपाले गर्यो ५ दिन आन्दोलन सहित नेपाल बन्दको घोषणा 


  • 292
    SHARES
  • २०८० जेठ ३ गते बुधबार

    नाउपाले गर्यो ५ दिन आन्दोलन सहित नेपाल बन्दको घोषणा 

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले ५ दिन आन्दोलन सहित नेपाल बन्दको घोषणा गर्ने चेतावनी दिएका छ । सो पार्टीले आज आज एक प्रेस विज्ञप्ती जारी गर्दै लाल आयोगको प्रतिवेदन सार्वजनिकको माग गर्दै आन्दोलन सहित नेपाल बन्द घोषणा गर्ने चेतावनी दिएका हो । 

    पार्टीले जारी गरेको प्रेस विज्ञप्ती भनेको छ, ‘ यदि लाल आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन । हामी आन्दोलन गर्ने विवस हुने छौं । जेठ ३, ४ र ५ गते देश व्यापी राँके जुलुर प्रर्दशनी, कोष सभा र जेष्ठ ६ गतेदेखि १० गतेसम्म नेपालबन्द गर्ने घोषणा यसै प्रेस विज्ञप्तीबाट जानकारी गराइन्छ ।’

    २०७२ सालमा संविधान जारी गर्दा त्यसको विरोधमा मधेश तथा थारुहटमा भएको आन्दोलनका क्रममा सरकारी पक्षको दमनबारे अध्ययन गर्न सरकारले लालको नेतृत्वमा गठन गरेको थियो । तर उक्त आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन ।

    नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी रेशम चौधरीलगायत टीकापुर घटनामा मुछिएर जेलमा रहेकालाई रिहा गर्न माग गरेका छन् । 

    नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटना राजनीतिक भएकाले राजनीतिक हिसाबले नै हल गर्नुपर्ने बताएको छ । वरिष्ठ उपाध्यक्ष पण्डितले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हिजोको सम्मानित अदालतको फैसला न्यायमूर्तिहरुको निर्णय स्वीकार्य छ तर यो राजनीतिक मुद्दा हो अदालती होइन आजका सबै राजनीतिक दलका शीर्ष नेतृत्वले आफ्नो विगत फर्केर हेर्न अनुरोध गर्दै टीकापुर घटना राजनीतिक भएकाले राजनीतिक हिसाबले नै हल गर्न अनुरोध गर्दछौं ।’



    images
    images

    Logo