images
images

लखनउको प्ले अफ सम्भावना बलियो, मुम्बई ५ रनले पराजित 


  • 238
    SHARES
  • २०८० जेठ ३ गते बुधबार

    लखनउको प्ले अफ सम्भावना बलियो, मुम्बई ५ रनले पराजित 

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा लखनउ सुपर जायन्ट्सले प्ले अफको सम्भावनाई बलियो बनाएको छ। मुम्बई इन्डियन्सलाई ५ रनले पाखा लगाउँदै  लखनउले प्ले अफको सम्भावनाई बलियो बनाएको हो। 

    घरेलु मैदान ऐकना स्टेडियममा मंगलबार राती लखनउले दिएको १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन मात्र बनायो। 

    मुम्बईका ओपनर तथा विकेटकिपर ईशान किशनले ५९ रनको अर्धशतकीय ईनिङ खेले पनि टोलीको हार टार्न सकेनन्। मुम्बईलाई ओपनरद्वय रोहित शर्मा र ईशानले पहिलो विकेटका लागि ९० रनको साझेदोरी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए । लखनउका बलरसामु  मुम्बईको ब्याटिङ लाइन खुलेर खेल्न नसक्दा जित नजिक पुगेर पनि हार टार्न सकृनन्।

    लखनउका लागि रवि विश्रोई र यश ठाकुरले समान २र२ तथा मोहसिन खानले १ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७७ रन बनाएको थियो।  लखनउका लागि मार्कस स्टोईनिसले अविजित ८९ रनको अर्धशतकीय ईनिङ्स खेले। ३५ रनमा ३ विकेट गुमाएर राम्रो सुरुआत गर्न नसकेको लखनउका लागि चौथो विकेटका लागि स्टोईनिस तथा कप्तान कुर्नाल पान्ड्याले ८२ रनको महत्वपुर्ण साझेदारी गर्दै जितेको आधार तयार गरेका थिए ।  कप्तान पान्ड्या ४९ रनमा रिटायर्ट हर्ट आउट भए। ओपनर क्विटन डि ककले १५ बलमा १६ रन बनाए । 

    मुम्बईका लागि जेसन बेहरेनड्रर्फले २ तथा पीयुष चावलाले १ विकेट लिए। जितसँगै १३ खेलमा ७ जित र ५ हारका साथ १५ अंकसहित लखनउ तेस्रो स्थानमा उक्लिएको छ। समान खेलमा ७ जित र ६ हारका साथ मुम्बई अंक तालिकाको चौथो स्थानमा झरेको छ।


    images
    images

    Logo