काठमाडौं । सरकारको नीति तथा कार्यक्रम यही जेठ ५ गते आउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान सभामुख देवराज घिमिरेसँगको भेटमा सो जानकारी दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभामुख घिमिरे आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका बेलामा बजेटबारे छलफल भएको थियो । ‘सरकारकारले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ’, सभामुखलाई जानकारी गराउँदै प्रधानमन्त्रीले भनेका थिए ।
बजेट भाषणअघि सरकारले संसद्मा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था छ ।