images
images

निरन्तर उकालो लाग्दै सुनको मूल्य, प्रतितोला कति पुग्यो ?


  • 446
    SHARES
  • २०८० जेठ २ गते मंगलबार

    निरन्तर उकालो लाग्दै सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य फेरि बढेको छ । मंगलबार छापावाला सुनको मूल्य १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ । 

    सोमबार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ सय रुपैयाँले बढेर १ लाख ११ हजार १ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँ कायम गरिएको छ भने चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo