images
images

पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने व्यक्ति पक्राउ


  • 305
    SHARES
  • २०८० जेठ १ गते सोमबार

    पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने व्यक्ति पक्राउ

    काठमाडौं । मोरङमा पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  सुन्दरहरैचा नगरपालिका बिराट चोकस्थित दुईवटा बैंकबाट पासवर्ड ह्याक गरेर रकम निकाल्ने स्थानीय ३६ वर्षीय  देवराज सिग्देल आज पक्राउ परेका हुन् । 

    सिग्देलले आरए भिजन एकाउण्ट सोलुसन प्रालिका एकाउण्टेण्ट रमेश आचार्यको नबिल बैंकमा रहेको खाताबाट विभिन्न समयमा ८ हजार तथा आचार्यका काका ओमनाथ आचार्यको माछापुच्«छ्रे बैंकमा रहेको खाताबाट विभिन्न मितिमा ६६ हजार निकालेको उजुरी परेको थियो । 

    घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।


    images
    images

    Logo