images
images

दुरसंचार प्राधिकरणले दियो इन्टरनेट सेवा प्रदायकलाई यस्तो निर्देशन


  • 341
    SHARES
  • २०८० जेठ १ गते सोमबार

    दुरसंचार प्राधिकरणले दियो इन्टरनेट सेवा प्रदायकलाई यस्तो निर्देशन

    काठमाडौं । नेपाल दुरसंचार प्राधिकरणले इन्टरनेटको सेवाको शुल्क नबढाउन सेवा प्रदायकलाई निर्देशन दिएको छ । प्राधिकरणले सोमबार सूचना जारी गर्दै सो निर्देशन दिएको  हो । 

    इन्टर्नेट सेवा प्रदायकहरुले मिलेमतोमा आफूखुशी इन्टर्नेट सेवाको शुल्करमहशुलदर बढाउनु दूरसञ्चार ऐन, २०५३ तथा प्रतिस्पर्धा प्रबर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ विपरित हुने प्राधिकरणले जनाएको छ । 

    न्टरनेट सेवा प्रदान गरेबापत ग्राहकसँग लिने शुल्क तथा महशुलदर अनिवार्यरुपमा प्राधिकरणबाट स्वीकृत गराएर मात्रै लिन पाइने भन्दै प्राधिकरणले विना स्वीकृति कुनै पनि शुल्क नउठाउन चेतावनी दिएको छ। 

    प्राधिकरणमा भनिएको छ, नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकहरुले सेवा प्रदान गरे वापत ग्राहकसँग लिने शुल्करमहशुलदर दूरसञ्चार ऐन, २०५३ को दफा ४२ तथा अनुमतिपत्रको शर्त बमोजिम प्राधिकरणबाट अनिवार्य रुपमा स्वीकृत गराई प्राधिकरणबाट स्वीकृत भएको मिति समेत उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीको लागि सूचना प्रकाशित गरे पश्चात् मात्र लागू गर्नुपर्ने कानूनी व्यवस्था रहे बमोजिम अनुमतिपत्र प्राप्त सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई शुल्करमहशुलदर स्वीकृत गराएर मात्र लागू गर्न पटक पटक पत्राचार तथा सार्वजनिक सूचना प्रकाशन गरिदै आएको छ ।


    images
    images

    Logo