images
images

अदालतले दियो टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अनुमति


  • 314
    SHARES
  • २०८० जेठ १ गते सोमबार

    अदालतले दियो टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई ३ दिन प्रहरी हिरासतमा राख्ने अनुमति दिएको छ । सोमबार प्रहरीले अदालतमा उपस्थित गराएसँगै अदालतले राइमाझीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो । 

    टोपबहादुर रायमाझीलाई आइतबार साँझ प्रहरीले काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट पक्राउ गरेको थियो । वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए । यसअघि पक्राउ परेका १२ जनाविरुद्ध भने अदालतले आइतबार ४ दिनको समय प्रदान गरेको थियो ।

    सबैको म्याद एकैपटक सकिने गरी टोपबहादुरलाई सोमबार ३ तीन दिनको म्याद थप गरिएको हो । यसअघि एमाले सचिवबाट निलम्बित भएका उनी प्रतिनिधिसभा सदस्यबाट पनि निलम्बित भइसकेका छन् ।

     


    images
    images

    Logo