images
images

सहकारीको ३३ लाख चोरी गरी फरार रहेका २ पक्राउ


  • 191
    SHARES
  • २०८० जेठ १ गते सोमबार

    सहकारीको ३३ लाख चोरी गरी फरार रहेका २ पक्राउ

    काठमाडौं । काभ्रेपलाञ्चोकको पनौतीस्थित सामुदायिक सहकारी संस्थामा चोरी गरी फरार रहेका मकवानपुरका २ जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।  

    पनौती नगरपालिका–७ स्थित पनौती सामुदायिक सहकारी संस्थामा चोरी गरी ३३ लाख लिएर फरार भएकालाई मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    गएको वैशाख १७ गते सहकारीबाट ३३ लाख रुपैयाँ चोरी गरी फरार भएका मकवानपुरको इन्द्रसरोवर–५ बस्ने ३० वर्र्षीय अशोक रुम्बा र ३५ वर्र्षीय अकवर लामालाई विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए । 

    उनीहरुको साथबाट नगद ५ लाख ४५ हजार रुपैयाँ, एक नाले भरुवा बन्दुक र रडसमेत बरामद गरिएको कार्कीले बताए । उनीहरुलाई जिल्ल प्रहरी कार्यलय काभ्रेमा पठाइएको प्रवक्ता उनले बताए।


    images
    images

    Logo