images
images

१० अर्बको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक


  • 219
    SHARES
  • २०८० जेठ १ गते सोमबार

    १० अर्बको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले ५ बर्ष अवधिका लागि विकास ऋणपत्र २०८५ 'जु' जारी गर्ने भएको हो । 

    सो ऋणपत्रको बोलकबोल मंगलबार हुनेछ । सो ऋणपत्रको व्याजदर बोलकबोलमार्फत नै निर्धारण हुने बैंकले जनाएको छ । 

    उक्त ऋणपत्र खरिद गर्न चाहाने खरिदकर्ताले मंगलवार ३ बजेभित्र अनालाइन मार्फत बोलकबोल गनुपर्ने छ । खरिदकर्ताले घटीमा  ५० हजार रुपैयाँ र बढीमा कूल निष्काशित रकमको सीमा नबढाइ ५० हजार रुपैयाँले भाग गर्दा निशेष भाग जाने अङ्क बराबर खरिद गर्न पाउने छन् ।

    राष्ट्र बैंकले जारी गरेको ऋणपत्र बैंक तथा वित्तीय संस्था गैर बैंक वित्तीय संस्था, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।  


    images
    images

    Logo