काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य फेरि बढेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको छ
आइतबार प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ११ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १० हजार ४ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।