images
images

पूर्वी नाकाबाट निर्यातभन्दा आयात दोब्बर


  • 311
    SHARES
  • २०८० बैशाख २९ गते शुक्रबार

    पूर्वी नाकाबाट निर्यातभन्दा आयात दोब्बर

    काठमाडौं । झापाको पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ । चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार रुपैयाँ बराबराको विभिन्न सामग्री आयात भएको काँकरभिट्टास्थित मेची भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए । 

    यस नाकाबाट सोही अवधिमा १६ अर्ब ३ करोड १७ लाख ३ हजार रुपैयाँ बराबरको विभिन्न वस्तु निर्यात भएको छ । निर्यातको तुलनामा आयात दोब्बरभन्दा बढी रहे पनि राजस्व सङ्कलनको लक्ष्यसमेत पूरा नभएको कार्यालयले जनाएको छ । सरकारले तोकेको लक्ष्यको तुलनामा कार्यालयले ७१.२४ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
     
     उक्त अवधिमा १४ अर्ब ८४ करोड ५८ लाख ६७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा १० अर्ब ४३ करोड २९ लाख ५७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी लम्सालले बताए ।

    उक्त नाकाबाट आयात हुने मुख्य १० वस्तुमध्ये चालू आर्थिक बर्षको चैत मसान्तसम्म सबैभन्दा धेरै १४ अर्ब ५० करोड ३३ लाख रुपैयाँ बराबरको हवाई स्प्रिट आयात भएको छ ।

    त्यस्तै जुट २ अर्ब ९६ लाख ४१ लाख रुपैयाँ, प्राकृतिक ग्यास २ अर्ब ३ करोड ९८ लाख रुपैयाँ, भटमासको पिना १ अर्ब ६० करोड २९ लाख रुपैयाँ, तरकारी १ अर्ब ४४ करोड ८३ लाख रुपैयाँ, जिप्सन ९८ करोड १९ लाख रुपैयाँ, कोइलाजन्य पदार्थ ९५ करोड ५६ लाख रुपैयाँ, दाल ८४ करोड ४१ लाख रुपैयाँ, कपडा ८२ करोड ३९ लाख रुपैयाँ र अल्किड रेजिन र अन्य पिभिसी रेजिन ८० करोड ५५ लाख रुपैयाँको आयात भएका सोही कार्यालयका कर्मचारी चन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।

    सो अवधिमा काँकरभिट्टा नाकाबाट निर्यात हुने मुख्य १० वस्तुमध्ये सबैभन्दा धेरै ६ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । फलामजन्य सामग्री २ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ, चिया २ अर्ब ६६ करोड ५४ लाख रुपैयाँ, प्लाइउड १ अर्ब २९ करोड ४६ लाख रुपैयाँ, अम्रिसो ७२ करोड ९० लाख रुपैयाँ, अदुवा ४३ करोड ५२ लाख रुपैयाँ, पशु आहार ४० करोड ९५ लाख रुपैयाँ, धाउ, धतुमुल र खरानी २८ करोड ८४ लाख रुपैयाँ, दलहन  २७ करोड ४६ लाख रुपैयाँ र पशु आहारको कच्चा पदार्थ २१ करोड ३७ लाख रुपैयाँ बराबरको निर्यात भएको कार्यालयले जनाएको छ ।


    images
    images

    Logo