images
images

मौद्रिक नीतिको समिक्षा : लगातार घाटामा रहेका ऋणीलाई पुनरकर्जाको सुविधा दिने


  • 260
    SHARES
  • २०८० बैशाख २९ गते शुक्रबार

    मौद्रिक नीतिको समिक्षा : लगातार घाटामा रहेका ऋणीलाई पुनरकर्जाको सुविधा दिने

    काठमाडौं ।  विगत दुई त्रमासम्म लगातार घाटामा रहेका ऋणीले पुनरकर्जाको सुविधा पाउने भएका छन् । चाल आर्थिक बर्ष २०७९/८० को मौद्रिक नीतिको समिक्षा गर्दै नेपाल राष्ट बैंकले ऋणीहरुलाई पुनरकर्जा सुविधा उपलव्ध गराउने घोषणा गरेको हो । 

    राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गर्ने तथ्याङ्कको आधारमा पछिल्ला दुई त्रयमाससम्म लगातार ऋणात्मक वृद्धि हुन गएका आर्थिक क्षेत्रहरुसँग सम्वद्ध ऋणीहरुले सुविधा पाउने गरी कोषमा उपलव्ध स्रोतको सीमाभित्र रही पुनरकर्जा सुविधा उपलव्ध गराउने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, अर्थतन्त्रको वास्तविक क्षेत्रमा देखिएको शिथिलतालाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाहको विश्लेषण गरी आवश्यकता र औचित्यताको आधारमा होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्वन्धित कर्जा र ५ करोड रुपैयाँसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुनरसंरचना/पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाएको राष्ट्रले जनाएको छ । 

    वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी अल्पकालीन तथा चालु पुँजी प्रकृतिका कर्जाहरुलाई ब्याज नियमित रहेको अवस्थामा आवश्यकता र औचित्यको आधारमा कुनै किसिमको हर्जाना/शुल्क नलिने गरी ३ महिनासम्मका लागि २०८० असार मसान्तभित्र म्याद थप गर्न सक्ने व्यवस्था मिलाउने भएकाे छ । 

     


    images
    images

    Logo