काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको छ ।
बिहीबार प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख १० हजार ८ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार २ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ५५ रुपैयाँले घटेर १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।