images
images

लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न राजनीतिक दललाई निर्वाचन आयोगको निर्देशन


  • 187
    SHARES
  • २०८० बैशाख २८ गते बिहीबार

    लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न राजनीतिक दललाई निर्वाचन आयोगको निर्देशन

    काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दललाई लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन गरेको छ । आयोगले प्रेस विज्ञप्ती जारी गर्दै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयमा नै सार्वजनिक गर्न निर्देशन दिएको हो । 

    तोकिएको समयसीमाभित्रै आयोगमा लेखापरीक्षण प्रतिवेदन पेस गरेका ८२ राजनीतिक दललाई उक्त प्रतिवेदन सात दिनभित्रै दलको वेबसाइट, सूचनापाटी तथा सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्न आयोगले निर्देश गरेको हो । र सार्वजनिक गरेको सात दिनभित्रमा उक्त कुराको जानकारी गराउन समेत निर्देशन दिएको छ ।      
            

    राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखापरीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षण प्रतिवेदन पेश गर्नु पर्ने कानूनी व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार प्रतिवेदन सार्वजनिक गर्न दलहरुलाई आयोगले निर्देशन दिएको हो । 


    विगत दुई आर्थिक वर्षदेखि लेखापरीक्षण प्रतिवेदन नबुझाएका पाँच पार्टीलाई नबुझाउनुको कारण समेत खुलाई प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । आयोगले मुस्कान सेना नेपाल पार्टी, शिब सेना नेपाल, आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिकलाई कारण खुलाउन निर्देशन दिएको हो । 


    त्यस्तै, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन पेश गर्ने म्याद सकिएपछि पेश गरेका ९ दललाई पनि आयोगले ढिला गर्नुको कारण खुलाउन प्रेश विज्ञप्तीमार्फत् निर्देशन दिएको छ । 


    images
    images

    Logo