images
images

नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्ने


  • 301
    SHARES
  • २०८० बैशाख २८ गते बिहीबार

    नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्ने

    काठमाडौं । नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्नका लागि योजना अघि बढाउन उपसमिति गठन गरेको छ । प्रादेशिकरुपमा हवाई ‘कनेक्टिभिटी’ बढाउने उद्देश्यले सहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने दुई वटा जहाज खरिद गर्ने कार्य योजना अघि बढाएको हो । 

    यसका लागि वैशाख २६ मा बसेको निगमको सञ्चालक समितिको बैठकले समिति सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा ९ सदस्यीय उपसमिति गठन गरेको छ । उक्त उपसमितिले २१ कार्यदिनभित्र प्रतिवेदन वुझाउने गरी काम सुरु गरिसकेको छ । 

    “सहरी क्षेत्रका विमानस्थलमा चल्ने जहाज नभएकाले निगमले हाल सहरी एवं व्यापारिक हिसावले फाइदाजनक क्षेत्रमा उडान भर्न सकेको छैन”, निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “ निगमले दुई वटा जहाज खरिद गरेपश्चात काठमाडौँ, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी लगायतका क्षेत्रबाट प्रादेशिक उडान भर्न सक्नेछ ।”


    images
    images

    Logo