काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख्य फिल्म देख्नै बाँकी रहेको बताएका छन् । केन्द्रीय समिति बैठकअघि पत्रकारसँग कुरा गर्दै उनले प्रचण्डले भनेजस्तो वास्तविक फिल्म हेर्न अझै बाँकी रहेको बताएका हुन् ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका बनाउने प्रकरणमा संलग्न भन्दै प्रहरीले पूर्व गृहमन्त्री वालकृष्ण खाँड, पूर्व गृहसचिव टेकनारायण पाण्डे लगायतलाई पक्राउ गरिसकेको र सांसद टोपबहादुर रायामाझीविरुद्ध पक्राउ पूर्जी जारी गरिसकेको अवस्थामा ओलीले अझै फिल्म देख्नै बाँकी रहेको उल्लेख गरेका हुन् ।
उनको यो भनाइले ठगीमा संलग्न काँग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा, बालकृष्ण खाँडकी पत्नी मञ्जु खाँड लगायतमाथि अनुसन्धान हुनुपर्ने विषयलाई संकेत गरेको अनुमान गरिएको छ ।
उनले २०४७ सालदेखिको सबै मुद्दामा छानबिन हुनुपर्ने भन्दै संस्थानहरु निजीकरणदेखि माओवादी लडाकू शिविरको भ्रष्टाचारसम्मको फाइल खोल्नुपर्ने संकेत यसअघि नै गरिसकेका छन् । यी मुद्दामा माअोवादी नेताहरु समेत पर्नसक्ने संकेत गर्दै यसलाई समेत मुख्य फिल्मको संज्ञा दिएका हुनसक्छन् ।



