images
images

तीन महिनामा भित्रिए २ लाख ४७ हजार पर्यटक, २५ हजार अमेरिकी  भित्रिँदा चिनियाँ ६ हजार मात्रै


  • 192
    SHARES
  • २०८० बैशाख २८ गते बिहीबार

    तीन महिनामा भित्रिए २ लाख ४७ हजार पर्यटक, २५ हजार अमेरिकी  भित्रिँदा चिनियाँ ६ हजार मात्रै

    काठमाडौं । तीन महिनामा २ लाख ४७ हजार पर्यटक नेपाल भित्रिएका छन् । माघदेखि चैत महिनासम्म सो बराबर संख्यामा पर्यटक नेपाल आएको अध्यागमन विभागले जनाएको छ । 

    यसरी यो अवधिमा नेपाल भित्रिनेमा २ सय ५ देशका नागरिक छन् । यो अवधिमा सबैभन्दा बढी भारतबाट ६६ हजार पर्यटक नेपाल आएकोमा सबैभन्दा कम १६ वटा टापु देशहरुबाट १÷१ जना नेपाल आएका छन् । 

    यो अवधिमा अमेरिकाबाट मात्रै २४ हजार ९ सय ८१ जना नेपाल आएका छन् । त्यस्तै, बेलायतबाट १५ हजार ३ सय २१, थाइल्याण्डबाट ११ हजार ३ सय ५२, अष्ट्रेलियाबाट १० हजार २ सय २४ जना, जर्मनीबाट ८ हजार ८ सय १९ जना, फ्रान्सबाट ६ हजार ३ सय ८२ जना, दक्षिण कोरियाबाट ७ हजार ६ सय १७ जना, नेपाल आएका छन् । त्यस्तै, म्यानमारबाट ५ हजार ६ सय १४ जना, श्रीलंकाबाट ६ हजार ७ सय ८० जना र चीनबाट ६ हजार २ सय ६६ जना नेपाल आएका छन् । 

    नेपालको छिमेकी देश चीनबाट यो अवधिमा भित्रिएका पर्टटकको संख्या देशका आधारमा ११ औं हो । 


    images
    images

    Logo