images
images

सिंचाई डिभिजनका पूर्व प्रमुखसहित पाँच जना विरुद्ध भ्रष्टाचारको आरोप


  • 217
    SHARES
  • २०८० बैशाख २७ गते बुधबार

    सिंचाई डिभिजनका पूर्व प्रमुखसहित पाँच जना विरुद्ध भ्रष्टाचारको आरोप

    काठमाडौं । भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बुटवलका पूर्व कार्यालय प्रमुख इच्छा कुमार श्रेष्ठ विरुद्ध भ्रष्टाचारको आरोप लागेको छ । एम एस फिटिङ्ग र आउटलेटको निर्माण नै नगरि काम सम्पन्न भइसकेको भन्दै रकम भुक्तानी गरिएका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो । 

    नवलपरासी जिल्लाको देवचुली र दुम्किवासमा ट्युवेलको काम भइरहेकोमा एम एस फिटिङ्ग र आउटलेटको निर्माण नै नगरि काम सकिएको कागजात तयार पारेर भुक्तानी गरिएको आरोप उनीविरुद्ध लागेको हो । 

    आरोप लाग्नेमा कार्यालयका तात्कालिन इञ्जिनियर संतोष कुमार दास, तात्कालिन लेखापाल नेत्र प्रसाद मरासिनि, भोलेबाबा कन्स्ट्रक्सनका प्रोपाइटर तथा उक्त योजनाका लागि ठेकेदार सुक बहादुर गुरुङ, र कन्स्ट्रक्सन कम्पनीकै प्रकाश भट्टराई रहेका छन् । 


    images
    images

    Logo