काठमाडौं । नक्कली भुटानी शरणर्थी प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्णा खाँण पक्राउ परेसँगै उनकी पत्नी मञ्जु खाँण सम्पर्क विहीन भएकी छिन् । पूर्वगृहमन्त्री खाँणलाई पक्राउ गरेसँगै मञ्जु मोवाइल सुइच अफ गरेर बसेकी छिन् भने संसद बैठकमा भने उपस्थिती छैन् ।
पूर्वगृहमन्त्री खाँणलाई बुधबार विहान आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । उनले पहिले नक्कली भुटानी शरणर्थी बनाएर अमेरिका पठाउने कार्यमा संग्लन रहेको आशंकामा प्रहरीले सोधपुछका लागि उनलाई नियन्त्रणमा लिएको थियो । सोही प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री खाँणासहित १२ जनालाई नियन्त्रणमा लिइसेकको थियो । त्यस्तै एमालेका टोपबहादुर रायमाझी अझै पक्राउ परेका छैनन् तर रायमाझी विरुद्ध प्रहरीले प्रकाउ पुर्जी जारी गरेको छ ।



