images
images

एमालेले गर्यो टोपबहादुर रायमाझीलाई निलम्वन 


  • 275
    SHARES
  • २०८० बैशाख २७ गते बुधबार

    एमालेले गर्यो टोपबहादुर रायमाझीलाई निलम्वन 

    काठमाडौं । नेकपा एमालले टोपबहादुर रायमाझीलाई निलम्वन गरेको छ । भुटानी शरणर्थी प्रकरणमा मुछिएपछि एमालेले एक सुचना जारी गर्दै रायमाझीलाई निलम्वन गरेको हो । 

     नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने कार्यमा संलग्न भएको भन्दै प्रहरीले वारेन्ट जारी गरेसँगै फरार रहँदै आएका रायमाझीलाई एमालेले बचाउन खोजेको आरोप लागिरहेका बेला निलम्बनको निर्णय गरिएको हो ।

    ‘केन्द्रीय सचिवालयको निर्णयलाई समेत ध्यानमा राख्दै राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई यस सम्बन्धी अनुसन्धान र कानुनी कार्बाहीको प्रक्रियाको अन्तिम टुङ्गो नलागेसम्म पदबाट निलम्बन गरिएको जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ । 

    टोपवहादुर रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जी जारी भएसँगै उनी फरार रहेका छन् । 


    images
    images

    Logo