काठमाडौं । सरकारले गृहसचिव हेरफेर गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईलाई नयाँ गृहसचिवको जिम्मेवारी दिएको छ भने तत्कालीन गृहसचिव विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइएको छ ।