काठमाडौं । बुधबार बसेको प्रतिनिधि सभाको बैठक सुरु भएको करिव १५ मिनेटमै स्थगित भएको छ । राप्रपाले संसदले आफुहरु बोल्न नपाएको भन्दै विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले प्रिबजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्म्कि समय नराखिएको बताएका थिए ।
राप्रपा सांसदले पटक पटक समय माग्दा पनि सभामुखले समय नदिएर संसदको नियमित कामकारबाही अघि बढाउन खोजेपछि अगाडि आएर नाराबाजी गरेका थिए ।
संसदमा राप्रपाको अवरोध जारी रहेपछि सभामुखले १५ मिनेटको लागि सभा स्थगित गरेका हुन् ।