images
images

दक्षिण अफ्रिका विश्वकप : कुन कुन १० टिमले खेल्दैछन् छनौट खेलमा ?


  • 322
    SHARES
  • २०८० बैशाख २७ गते बुधबार

    दक्षिण अफ्रिका विश्वकप : कुन कुन १० टिमले खेल्दैछन् छनौट खेलमा ?

    काठमाडौं । विश्वकप छनोट खेल्ने सबै १० टिमको टुंगो लागेको छ । आयरल्यान्ड र बंगलादेशबीचको पहिलो एकदिवसीय खेल लगातार वर्षाका कारण रद्द भएसँगै आगामि आइसिसी पुरुष क्रिकेट विश्वकपमा छनोट हुने ८ टिमको टुंगो लागेको हो । 

    खेल रद्द भएसँगै आयरल्यान्डलाई पछिपार्दै  दक्षिण अफ्रिकाले विश्वकपमा टिकट काटेको हो ।दक्षिण अफ्रिकासंगै विश्वकपमा छनोट हुने आठ टिमको टुंगो लागेको छ । छनौट हुनेमा भारत (आयोजक), न्यूजिल्याण्ड, इंग्ल्याण्ड, अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, दक्षिण अफ्रिका रहेका छन् ।

    विश्वकपमा खेल्ने बाँकी दुई टिमको टुंगो भने आगामी जुनमा हुने विश्वकप छनोट खेलबाट हुनेछ । यसैंबीच विश्वकप छनौट खेल्ने दशै टिमको समेत टुंगो लागेको छ । जिम्बावेमा हुने विश्वकप छनोटमा चार टेस्ट टिमले खेल्दैछन् । क्रिकेट विश्वकप छनोट खेल्ने १० टोलीमा  वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका, युएई रहेका छन् ।

    सुपर लिग तालिकाको अन्तिम दुईमा रहेपछि जिम्बावे र नेदरल्याण्ड्स विश्वकप छनोटमा पुगेका थिए । वेस्ट इन्डिज, श्रीलंका र आयरल्यान्ड सुपर लिगको नवौं, दशौ र एघारौं स्थानमा रहदा छनोट खेल्न बाध्य भए ।  

    स्कटल्यान्ड, ओमान र नेपालले लिग २ को शीर्ष तीनमा रहेर विश्वकप छनोटमा आफ्नो स्थान सुरक्षित गरेका थिए । नेपालले लिग–२ का अन्तिम १२ मध्ये ११ खेल जित्दै अविश्वसनीय रुपमा विश्वकप छनोटमा स्थान जमाएको थियो । लिग–२ मा निराशाजनक प्रदर्शनपछि अमेरिका र युएई विश्वकप क्वालिफायर प्लेअफबाट छनोट भएका हुन् । १० टिमको विश्वकप छनोटबाट दुई टिम विश्वकपमा पुग्नेछन् ।


    images
    images

    Logo