काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल फर्कदा २ थान मोबाइल ल्याउन दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
हल विदेशबाट फर्किने नेपालीले पूर्ण भन्सार छुटमा एउटा मात्रै मोबाइल ल्याउन पाउने व्यवस्था छ । साथै बैठकले एमडीएमएस व्यवस्था पनि लागू गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले कोहलपुर वितरण केन्द्रका लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक कारबाही चलाउनको निम्ति सम्बन्धित प्रशासकीय अधिकृत अधिकारीलाई तोक्ने पनि निर्णय गरेको छ । “प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा इसिमोड बोर्ड अफ गभर्नमेन्स मिटिङमा सहभागी हुनका लागि योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई स्वीकृति दिने पनि निर्णय भएको छ”, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन् ।



