काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । खान मंगलबार इस्लामवादस्थित उच्च अदालत बाहिरबाट पक्राउ परेका हुन् ।
आफू जोडिएका दुईवटा मुद्दाको सुनुवाइका लागि अदालत पुगेका खानलाई प्रहरीले अल कादिर ट्रस्टसँग सम्बन्धित घटनालाई लिएर पक्राउ गरेको हो । तेहरिक–ए–इन्साफका वकिल फैसल चौधरीले पूर्वप्रधानमन्त्री खानलाई गिरफ्तार गरिएको पुष्टि गरेका हुन् । पीटीआईका उपप्रमुख फवाद चौधरीले एक ट्विट गर्दै रेन्जर्सले खानलाई उच्च अदालत अगाडि गिरफ्तार गरेको जनाएका छन् ।
उनलाई कुन मुद्दामा पक्राउ गरिएको भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन । गत वर्ष प्रधानमन्त्री पदबाट राजीनामा दिएसँगै उनीविरूद्ध विभिन्न मुद्दाहरू लगाइएको थियो। उनीविरूद्ध भ्रष्टाचार, आतंकवाद, अदालतको मानहानी, दंगा गरेको आरोप छ।



