images
images

भारतको खरगोनमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु, २५ घाइते


  • 239
    SHARES
  • २०८० बैशाख २६ गते मंगलबार

    भारतको खरगोनमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु, २५ घाइते

    मध्य प्रदेशको खरगोन जिल्लामा मङ्गलबार एक निजी यात्रुवाहक बस पुलबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

    सो घटना मङ्गलबार बिहान जिल्लाको ओन प्रहरी चौकी अन्तर्गत दसङ्गा क्षेत्र नजिकै डोङ्गरगाउँ पुलमा भएको हो। घटनाको जानकारी पाएलगत्तै प्रहरी प्रशासन र एम्बुलेन्स घटनास्थलमा पुगेर उद्धार कार्य शुरु गरेको थियो ।

    खरगोनका प्रहरी उपरीक्षक (एसपी) धरमवीर सिंहले भनेका छन् ‘खरगोनको पुलबाट बस खसेर १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। उद्धार कार्य जारी छ।’ प्रदेश सरकारले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई ४ लाख रुपैयाँ, गम्भीर घाइतेलाई ५० हजार रुपैयाँ र सामान्य घाइतेलाई २५ हजार रुपैयाँ तत्काल उपलब्ध गराउने घोषणा गरेको छ ।  घटना बारे अनुसन्धान जारी छ ।


    images
    images

    Logo