images
images

हरिवनमा टेलिमेडिसिन सेवाको शुभारम्भ


  • 182
    SHARES
  • २०८० बैशाख २६ गते मंगलबार

    हरिवनमा टेलिमेडिसिन सेवाको शुभारम्भ

    सर्लाही । हरिवन नगरपालिकामा टेलिमेडिसिन सेवा सञ्चालन गरिएको छ । नगरपालिका द्वारा स्वास्थ्य सेवा विस्तार योजना अन्तर्गत विविध स्वास्थ्य सेवाका लागि टेलिमेडिसिन कार्यक्रम संचालन गरिएको हो । 

    टेलिमेडिसिन सेवाको उद्घाटन मधुमेह तथा थाईराइड विशेषज्ञ डा. ज्योति भट्टराईद्वारा हरिवन–४ निवासी कान्छीमाया संगको भिडियो सम्बाद मार्फत गरिएको थियो । 

    नगरपालिकाको विशेषज्ञ सेवा अन्तर्गत डा. नरेन्द्र मैनालिद्वारा प्रत्येक महिना १०० भन्दा बढि बिरामीहरुको चेकजाँच गर्दै आएका छन् । यस कार्यक्रम तेश्रो महिनासम्म आईपुग्दा सेवा थप गर्दै डा. अरुण कुँवरद्वारा मानसिक स्वास्थ्य सम्बन्धि चेकजाँच तथा निःशुल्क औषधी वितरण कार्य हुँदै आईरहेको नगरपालिकाले जनाएको छ । 

    यसका साथै बालबालिका हरुको मानसिक रोग सम्बन्धि तिनदिने प्रशिक्षण कार्यक्रम पनि सम्पन्न भईसकेको जनाइएको छ । उक्त योजना अन्तर्गत १५० भन्दा धेरै स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा शिक्षकशिक्षिका हरुलाई अभिमुखिकरण तालिम प्रदान गरिएको जनाएको छ । १६४ जना मानसिक रोगिहरुको स्वास्थ्य जाँच गरि १०–१२ जना गम्भिर प्रकृतिका मानसिक रोगिहरुको पहिचान गरि थप उपचारका लागि सिफारिस गरिएको नगरपालिकाले जनाएको छ । 


    images
    images

    Logo