सिडनी । दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ अष्ट्रेलियामा सम्मानित भएका छन् । भक्तपुर निवासी श्रेष्ठलाई ७ सय अष्ट्रेलियन डलरसहित सम्मान गरिएको हो ।
एनआरएन ओसियाना संयोजक दिनेशराज जोशीका अनुसार, अष्ट्रेलियन ओपन कराँते च्याम्पियनसिपमा नेपाली टोली प्रशिक्षकका रुपमा रहेका मन्डेकाजीलाई एनआरएन अष्ट्रेलियाले सम्मान गरिएको हो ।
विदेशी भूमिमा प्राप्त सम्मानले आगामी दिनमा खेलकुदमा राम्रो गर्न थप हौसला मिलेको मन्डेकाजीले बताए ।