काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ कायम भएको छ ।
सोमबार प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँ कायम भएको सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर १ लाख ११ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १० हजार ६ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।