images
images

सिन्धुपाल्चोकको ट्रक दुर्घटनामा एकको मृत्यु चार घाईते


  • 264
    SHARES
  • २०८० बैशाख २६ गते मंगलबार

    सिन्धुपाल्चोकको ट्रक दुर्घटनामा एकको मृत्यु चार घाईते

    काठमाडौं । सिन्धुपाल्चोकमा भएको सवारी दुर्घट्नामा एक जनाको ज्यान गएको छ । अन्य चार जना घाईते भएका छन् । सिन्धुपाल्चोकको गणेशे बगरबाट गएराति हेलम्बु गाउँपालिका–२ डोडेनी जाँदै गरेको बा ४ ख ५३८२ नम्बरको ट्रक दुर्घटना हुँदा सोही गाउँपालिका बस्ने ३० बर्षीया पेमा तामाङको मृत्यु भएको हो । 

    सिन्धुपाल्चोक प्रहरीका अनुसार घाइते चार जनामध्ये गम्भीर घाइते २ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको र २ जना सामान्य घाइते रहेका छन् । ट्रक ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ । चालक फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


    images
    images

    Logo