images
images

रगत चिस्यान केन्द्र निर्माणमा सहयोग गर्न आह्वान


  • 320
    SHARES
  • २०८० बैशाख २६ गते मंगलबार

    रगत चिस्यान केन्द्र निर्माणमा सहयोग गर्न आह्वान

    भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुरले रगत चिस्यान केन्द्र निर्माणका लागि  सहयोग गर्न आह्वान गरेको छ । विश्व रेडक्रस दिवसका अवसरमा रेडक्रस जिल्ला शाखाले आयोजना गरेको पदयात्रा एवं आर्थिक सङ्कलन अभियान कार्यक्रमको जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर थापाले ‘मनैदेखि सेवा’ अभियानको शुभारम्भ गरेका हुन् ।

     समाज सेवामा समर्पित रहँदै आएको रेडक्रसले सञ्चालन गरेको मनैदेखि सेवा अभियानमा सबैको सहयोग आवश्यक रहेको बताउँदै थापाले रगतको अभाव हुन नदिन लागिपरेको रेडक्रसको सेवा अझै प्रभावकारी हुनुपर्नेमा जोड दिए । रेडक्रस सोसाइटी भक्तपुर शाखा सभापति मनोजकुमार थापाले ‘रगत नपाए भक्तपुर जानु’ भन्ने अभियानले अहिलेसम्म रगतको अभाव हुन नदिएको बताउँदै यो अभियानलाई अझै प्रभावकारी बनाउन रेडक्रसद्वारा सञ्चालित रक्त सञ्चार केन्द्रलाई अत्यावश्यक रहेको चिस्यान केन्द्र निर्माण गरिन लागेको जानकारी दिए ।

    रेडक्रस भक्तपुरमा विगतमा रगत चिस्यान केन्द्र रहेपनि २०७२ सालको महाभूकम्पमा क्षति पुगेपछि रगत संकलन र व्यवस्थापनमा समस्या पुग्दै आएको बताउँदै थापाले चिस्यान केन्द्र निर्माणका लागि आर्थिक सङ्कलनका लागि ‘मनैदेखि सेवा’ अभियान सुरु गरेको जानकारी दिए । आगामी जेठ ३१ गते विश्व रक्तदाता दिवसको दिनसम्म आर्थिक सङ्कलन गरी अभियान सम्पन्न गर्ने र त्यसलगत्तै चिस्यान केन्द्र निर्माण शुरु गर्ने थापाको भनाई थियो ।

     अभियान सुरु भएकै दिन चिस्यान केन्द्र निर्माणका लागि दुई लाख सङ्कलन भएको सभापति थापाले जानकारी दिए । दिवसका अवसरमा शाखाले प्रभातफेरि कार्यक्रम आयोजना गरेको थियो । भक्तपुर नगरका विभिन्न क्षेत्रमा प्रभातफेरि गरी कार्यालयमा आएर अभियानको शुभारम्भ गरिएको थियो ।


    images
    images

    Logo