काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।
मंगलबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ५८ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ १८ पैसा कायम रहेको छ । सोमबार डलर १ सय ३१ रुपैयाँ १९ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४४ रुपैयाँ २६ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६५ रुपैयाँ ३७ पैसा र बिक्री दर १ सय ६६ रुपैयाँ १३ पैसा रहेको छ।