images
images

राष्ट्रिय क्रिकेट खेलाडीहरुको सम्मान कार्यक्रम


  • 215
    SHARES
  • २०८० बैशाख २५ गते सोमबार

    राष्ट्रिय क्रिकेट खेलाडीहरुको सम्मान कार्यक्रम

    विराटनगर । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई सम्मान गर्ने भएको छ ।    

    भर्खरै सम्पन्न एसिसि प्रिमीयर कपमा राष्ट्रिय टिमले ऐतिहासिक जित निकाल्दै एशिया कपमा क्वालीफाई गरी भारत, पाकिस्तान जस्ता विश्व क्रिकेटमा वर्चस्व कायम गर्न सफल टेस्ट क्रिकेट खेल्ने राष्ट्रसंग खेल्ने अवसर प्राप्त गरी राष्ट्रिय गौरव उचो वनाएको खुशियालीमा खेलाडीको सम्मान गर्न यो कार्यक्रम आयोजना गर्न लागिएको हो । 

    सम्मान कार्यक्रम संगै खेलाडीहरुको नगर परिक्रमा गराईने कार्यक्रम रहेको छ । २०८० वैशाख २७ गते वुधवार दिनको ११.४५ वजे कन्चनवारी एयरपोर्ट मोडबाट–बरगाछी–तीनपैनि–मेनरोड, ट्राफिक चोक हुदै रोडशेष चोकसम्म र त्यहाबाट पुनः महेन्द्र चोक हुदै बरगाछीसम्म परिक्रमा गर्ने गरी रुट तय गरिएको यो कार्यक्रम संयोजन गरिरहेका उद्योग संगठन मोरङ कार्यसमिति सदस्य एवं पूर्व क्रिकेट खेलाडी पारस लुनियाले वताए । 

    सोही दिन आयोजक संस्थाले राष्ट्रिय टिमका खेलाडी तथा अफिसियललाई संयूक्त रुपमा सम्मान गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी नेपाल राष्ट्रिय टिमका ट्रेनर अब्दुल सतारको स्वास्थ्य उपचारमा सहयोगार्थ तीनवटा संस्थाका तर्फबाट आर्थिक सहयोग गर्ने कार्यक्रम समेत रहेको पारस लुनियाले वताए । 


    images
    images

    Logo