images
images

भारतमा उड्दै गरेको विमान घरमा खसेपछि ...


  • 451
    SHARES
  • २०८० बैशाख २५ गते सोमबार

    भारतमा उड्दै गरेको विमान घरमा खसेपछि ...

    नयाँ दिल्ली । भारतको पश्चिमी राज्य राजस्थानमा विमान दुर्घटना भई यहाँस्थित एउटा घरमा  खस्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार मिग–२१ सैन्य विमान दुर्घटना भएको हो ।  

    “पाइलटलाई सकुशल उद्धार गरिएको छ। मिग एउटा घरमा खस्यो। दुई जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्,“ प्रहरी अधिकारी सुधीर चौधरीले पश्चिमी राज्य राजस्थानमा दुर्घटनापछि एएफपीलाई बताएका छन् ।  घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ । 


    images
    images

    Logo