काठमाडौं । रेडक्रसका संस्थापक जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर मनाइँदै आएको विश्व रेडक्रस दिवस, मे ८ विश्वभरि नै यस पटक मनैदेखिसेवा भन्ने नाराका साथ मनाइएको छ ।
दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालको सभापतित्वमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा रेडक्रसको अन्तर्राष्ट्रिय समिति आईसीआरसीका नेपाल प्रमुख सन्देश श्रेष्ठ रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसीका नेपाल प्रमुख अजमत उल्ला र युवा प्रतिनिधि मेरिना बज्राचार्यले आतिथ्यता ग्रहण गरेका थिए ।
सो अवसरमा बोल्दै नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले विश्व रेडक्रस दिवसको यस वर्षको नारा मनैदेखिसेवामाथि प्रकाश पार्दै रेडक्रसका जन्मदाता जँ हेनरी ड्युनाले इटालीको सल्फेरिनोमा भएको युद्धबाट प्रभावितहरूलाई मनैदेखि सेवा पु¥याई शुरूवात गरेका अन्तर्राष्ट्रिय रेडक्रस अभियान अहिले विश्वका १९२ राष्ट्रमा फैलिएको बताए । उनले विश्वमा रेडक्रस अभियान शुरू भएको ठीक एक सय वर्षपछि स्थापना भएको नेपाल रेडक्रस सोसाइटीले विगत ६० वर्षदेखि देशमा आइपर्ने आकस्मिक एवं विपद्को अवस्थामा अहोरात्र सेवा पु¥याउँदै आइरहेको बताए । सोसाइटीलाई हालको अवस्थामा ल्याईपु¥याउन यसका स्वयंसेवक र कर्मचारीहरूले मनैदेखि पु¥याएको सेवा महत्वपूर्ण रहेको बताए । उनले मनैदेखि सेवा पु¥याउने स्वयंसेवक र कर्मचारी, मनैदेखि सहयोग पु्¥याउने दातृ एवं साझेदार निकायहरू, मनैदेखि रेडक्रसको सेवामा साथ दिने र ग्रहण गर्ने लाभान्वितहरू सबैलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा बोल्दै रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसीका नेपाल प्रमुख अजमत उल्लाले रेडक्रस र रेडक्रसर्मीले गर्ने काम र पु¥याउने सेवा मनैदेखिको हुनुपर्ने बताए ।
सोही अवसरमा बोल्दै रेडक्रसका अन्तर्राष्ट्रिय समितिका नेपाल प्रमुख सन्देश श्रेष्ठले युद्ध, सशस्त्र संघर्ष र विपद्का बेला नेपाल र विश्वभरि रेडक्रसका स्वयंसेवकहरूले मनैदेखि पु¥याइरहेको सेवा र सहयोगको प्रशंसा गरे ।
सो अवसरमा नेपाल रेडक्रस सोसाइटीका निर्देशक धर्मदत्त विडारीले विश्व रेडक्रस दिवसको महत्वमाथि प्रकाश पार्दै हाल विपद् तथा संकटका क्षेत्रहरू बढ्दै गइरहेको सन्दर्भमा सेवा प्रवाह र स्रोत व्यवस्थापनमा विशेष ध्यान पु¥याउँदै मनैदेखि सेवा गर्नुपर्ने कुरा बताए ।
सोही अवसरमा नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कलका प्रतिनिधिको रूपमा युवा रेडक्रस सर्कल नोबेल कलेजका अध्यक्ष मेरिना बज्राचार्यले सर्कलले कलेज र समुदायमा पु¥याइरहेको सेवाका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा कोभिड १९ लगायत अन्य विपद्का बेला रेडक्रसलाई सहयोग र सहकार्य गर्ने कोकोकोला फाउण्डेशनलाई योगदानको कदरस्वरूप सम्मानित गरिएको छ । सो अवसरमा नेपाल रेडक्रस सोसाइटीबाट उत्पादित रेडियो कार्यक्रम निःशुल्क रूपमा प्रसारण गरी रेडक्रसका गतिविधिहरूको प्रसारप्रसार गरी सहयोग पु¥याउने विभिन्न जिल्लाका ११ वटा एफएम रेडियोहरूलाई पनि सम्मान गरिएको छ ।
दिवसका अवसरमा आयोजित कार्यक्रममा युवा रेडक्रस सर्कल भक्तपुरका युवाहरूले सर्कलको कोष वृद्धिका लागि रेडक्रससम्बन्धी फेस पेन्टिङ गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका निर्दशकलगायत कर्मचारीहरू, युवा प्रतिनिधि, साझेदार सोसाइटीका प्रतिनिधिहरू र सञ्चार माध्यमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।



