काठमाडौं । अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले राष्ट्र बैंक सञ्चालक समिति सदस्यको सपथ लिएका छन् । सोमबार सर्वोच्च अदालतमा आयोजित एक कार्यक्रममा कामु प्रधानन्यायाधीश हरिशरण कार्कीले पोखरेललाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।
नेपाल राष्ट्र बैंक ऐनमा अर्थ मन्त्रालयका सचिव राष्ट्र बैंकको सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । त्यसै अनुसार सचिव पोखरेल सञ्चालक समिति सदस्यमा स्वतः नियुक्त भएका हुन् ।
उक्त शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, रजिष्ट्रार नारायणप्रसाद पन्थी, सह–रजिष्ट्रार नारायणप्रसाद रेग्मी, नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतका अधिकारीहरूको उपस्थिति थियो ।