images
images

पराराष्ट्र मन्त्रालयका नायब सुब्बा बेगनास तालमा मृत भेटिए


  • 293
    SHARES
  • २०८० बैशाख २५ गते सोमबार

    पराराष्ट्र मन्त्रालयका नायब सुब्बा बेगनास तालमा मृत भेटिए

    काठमाडौं । पराराष्ट्र मन्त्रालयका नायब सुब्बा ३१ वर्षीय अनुप भण्डारी पोखराको बेगनास तालमा सोमबार मृत भेटिएका छन् ।  उनको शव सोमबार विहान साढे ८ बजे डुगाघाट भन्दा ४ सय मिटर टाढा पानीमा तैरिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थल पुगी शव तालबाहिर निकालेर हेर्दा साथमा भेटिएको परिचय पत्रका आधारमा भण्डारीको पहिचन खुलेको थियो । 

    उनी आइतबार राति हवाईमार्ग हुँदै काठमाडौंबाट पोखरा आएका थिए । राति १० बजे कार्यालयमा काम परेको भन्दै डेराबाट निस्किएका उनी मध्यरातमा पोखरा घुम्न आइपुगेको सन्देश परिवारलाई पठाएका थिए ।

    उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


    images
    images

    Logo