काठमाडौं । नेपाल प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका छन्। गृह मन्त्रालयले आइतबार १८ जना एसपीलाई एसएसपीमा बढुवा गरेको हो। गृह मन्त्रीस्तरीय निर्णयानुसार उनीहरू बढुवा भएका हुन् ।
एसपीबाट एसएसपीमा बढुवाको पहिलो नम्बरमा विश्व अधिकारी, दोस्रोमा भुपेन्द्रबहादुर खत्री, तेस्रोमा सानुराम भट्टराई रहेका छन्। त्यसैगरी सेखर खनाल, अभिनारायण काफ्ले, सोमेन्द्रसिह राठोर, ओम प्रसाद अधिकारी, मुकुन्द मरासिनी, दीपशमसेर जवरा, बेलबहादुर पाण्डे, दिनेशराज मैनाली पनि बढुवामा परेका छन् ।
त्यसैगरी बढुवामा पर्ने अन्यमा गोपाल चन्द्र भट्टराई, प्रबिण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्लीमगर, बिश्वमणि पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन रहेका छन् ।
यसैगरी चिकित्सक तर्फका ३ एसपीलाई एसएसपीमा बढुवा गरिएको छ। जसमध्ये पहिलो नम्बरमा डा. संज्ञा मल्ल, दोस्रोमा डा. दिवा शर्मा र तेस्रोमा डा. आषिश दल छन्।



