images
images

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 258
    SHARES
  • २०८० बैशाख २५ गते सोमबार

    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आइतबार प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ३ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo