images
images

इलाममा माटोले पुरिएर चार भारतीय मजदुरको मृत्यु 


  • 195
    SHARES
  • २०८० बैशाख २३ गते शनिबार

    इलाममा माटोले पुरिएर चार भारतीय मजदुरको मृत्यु 

    इलाम । इलाममा  घरको जग खन्ने क्रममा माटोले पुरिएर चार भारतीय मजदुरको ज्यान गएको छ । जिल्लाको सूर्योदय नगरपालिका–१० वरबोटेमा घरको जग खन्ने क्रममा पुरिएर एकै गाउँका चार भारतीय कामदारको मृत्यु भएको हो। 

    बरबोटेस्थित विनोद श्रेष्ठको घरको जग खन्ने  क्रममा शुक्रबार साँझ  ढिस्को खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

    मृत्युु हुनेमा भारतको बिहार राज्यको किसनगन्ज जिल्ला दिगलबैंक-५ का तोसिब आलम, अजिमोदिन, मुजाफर आलम र अब्दुल आलम रहेका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरका अनुसार

    चारै कामदार १८ देखि २२ वर्ष उमेरका छन्। उनीहरूको शव पोस्टमार्टमका लागि फिक्कल अस्पताल लगिएको छ। ज्याला मजदुरीका लागि बिहारको एकै गाउँबाट सात जना आएको मृतकका साथीले बताएका छन्।


    images
    images

    Logo