काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।
शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ १९ पैसा कायम रहेको छ । शुक्रबार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ६४ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६४ रुपैयाँ ७७ पैसा र बिक्री दर १ सय ६५ रुपैयाँ ५२ पैसा रहेको छ।
