images
images

सरकारमा नजाने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय, समर्थन फिर्ता पनि लिने


  • 275
    SHARES
  • २०८० बैशाख २२ गते शुक्रबार

    सरकारमा नजाने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय, समर्थन फिर्ता पनि लिने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सो पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । 

    सभापति रवि लामिछानेले बैठकपछिको पत्रकार सम्मेलनमा भने, “हामीले जनभावना र जनमतको कदर गर्नुपर्ने हुन्छ, यस पटकको उपनिर्वाचनले हामीलाई दिएको म्यान्डेट नै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नु भन्ने थियो, अब त्यही अनुरुप अगाडि बढ्छौँ ।” सभापति लामिछानेले अबका दिनमा पार्टीको सङ्गठन विस्तार र रचनात्मक प्रतिपक्षका रूपमा काम गर्ने प्रस्ट पारे । 

    पत्रकारको प्रश्नमा उनले भने, “गठबन्धन बनाउँदै, अस्थिर बनाउँदै हामी हिँड्दैनौँ, सरकारले बाटो बिराएको खण्डमा एउटा राजनीतिक दलले अवश्य पनि कदम चाल्छ, तर सरकार बनाउने र ढाल्नेभन्दा पनि रचनात्मक प्रतिपक्षको रूपमा प्रस्तुत गर्नेमा हाम्रो ध्यान केन्द्रित हुन्छ ।”

    उनले प्रदेश संरचना नेता÷कार्यकर्ता व्यवस्थापन गर्ने थलो मात्रै भएको भन्दै प्रदेश संरचनाबारे छलफल गर्नुपर्ने बताए । यही व्यवस्थाभित्र पनि जनताको अवस्था बदल्न सकिने उनको भनाइ छ । सभापति लामिछानेले वर्तमान सरकारले नक्कली शरणार्थी काण्डमा सङ्लग्न व्यक्तिलगायत भ्रष्टाचारमा सङ्लग्न व्यक्तिलाई कारबाही गरेकोप्रति धन्यवाद व्यक्त गर्दै भ्रष्टाचारका मुद्दामा सङ्लग्न अन्य व्यक्तिलाई कारबाहीका लागि आग्रह गरे । 

    पार्टीको केन्द्रीय महाधिवेशनभन्दा अगाडि पार्टीका सांसदलाई केन्द्रीय समितिमा समावेश गरिने उनको भनाइ छ ।

     

     


    images
    images

    Logo