images
images

सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा क्याप्टेनसहित ३ जना घाइते


  • 235
    SHARES
  • २०८० बैशाख २२ गते शुक्रबार

    सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा क्याप्टेनसहित ३ जना घाइते

    काठमाडौं । संखुबासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा क्याप्टेनसहित ३ जना घाइते भएका छन् । शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परी हेलिकप्टरका ३ जना घाइते भएका छन्। हेलिकोप्टरमा सवार ५ जनामध्ये ३ जना गम्भीर घाइते र बाँकी २ जना सामान्य घाइते भएको हुन् ।

    उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाएको छ ।  नेपाली सेनाले हेलिकोप्टरसहित ११ जना जनशक्ति उद्धारका लागि घटनास्थलमा खटाइएको प्रहरीले जनाएकाे छ । 

    अवतरणका क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टर माथिल्लो अरुण जलविद्युत परियोजनाको सामग्री ढुवानी गरी त्यहाँ गएको थियो ।




    images
    images

    Logo