काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ( बालेन) ले समस्यालाई यथावत राखेर व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न नसक्ने बताएका छन् । उनले आज सामाजिक संजालमा लेख्दै यस्तो बताएका हुन् ।
बालेनले आगलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न काठमाण्डौ महानगर आफ्नो अधिकारभित्र रहेर कार्य गर्न तत्पर रहेको बताएका छन् । यसका साथै महानगरपालिकाले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न भनेर सूचना जारी गरेको थियो । तर यस समस्था समाधान गर्ने खोज्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारणदेखि यस्तो कार्य नगर्न आदेश प्राप्त भएको जनाइएको छ ।
‘यसलाई व्यवस्थित बनाउन, एकिकृत विकासका लागि सम्बन्धित कानुन बनाउन आग्रह गरेको धेरै भइसकेको थियो । त्यसतिर कुनै सुनुवाइ नभएर हामीले १५ दिन पहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न भनेर सूचना जारी गरेका थियौँ । यसबिच पनि यो समस्या सुनुवाइ होला भन्ने आश थियो तर त्यसको विपरित त्यो तार व्यवस्थापन गर्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारणदेखि यस्तो कार्य नगर्न आदेश प्राप्त भयो ।’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन् ।
गत बर्षमात्रै अव्यवस्थित तारहरुको कारण ५३ ठाउँमा आगलागी भएको तथ्यांकले देखाएको छ ।



