काठमाडौं । अजोड इन्स्योरेन्सकोले शेयर संरचना परिर्वत गरेको छ । कम्पनीको गत मंसिर ९ गते भएको विशेष साधारणसभाको निर्णय अनुसार शेयर संरचना परिर्वतन गरिएको हो ।
कम्पनीले हाल कायम रहेको संस्थापक समुहतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत रहेको शेयर संरचनालाई परिवर्तन गरि संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत अर्थात ५१ः४९ कायम भएको छ ।
साथै सो शेयर परिवर्तनमा मञ्जुर नभएका शेयरधनीहरुले ७ दिनभित्र कम्पनीमा जानकारी गराउन पनि कम्पनीले अनुरोध गरेको छ ।